Sunday, July 5

त्रिविको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द

नेपालअखबार, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको छ। त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आज सूचना जारी गर्दै पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ।

Advertisement

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण  हिउँदे बिदाबाट कटौती गर्ने गरी बिदा मिलाएको जनाए।

Advertisement
Advertisement

सूचनामा भनिएको छ,’२०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ।’

Advertisement