Saturday, August 1

मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा आधारित निकास खोज्नुपर्ने आग्रह गरेको छ।

Advertisement

आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्क गर्दै वर्तमान अवस्थाबारे छलफल गरेको र लोकतान्त्रिक निकासका लागि राष्ट्रपतिबाट सकारात्मक भूमिका अपेक्षा गरिएको जनाएको छ।

Advertisement
Advertisement

मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक पहल राष्ट्रपति स्वयंबाट हुने विश्वास समेत आयोगले शुक्रबारको विज्ञप्तिमार्फत व्यक्त गरेको छ।

Advertisement

त्यसैगरी, आयोगले वर्तमान जटिलताका सन्दर्भमा अन्य सरोकारवाला पक्षहरूसँग समेत निरन्तर सम्पर्क कायम राखिरहेको जानकारी दिएको छ।