Tuesday, September 22

लुटिएका सामान फिर्ता गर्नू, अन्यथा कारबाही हुन्छ :सिआइबी

नेपालअखबार,काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक विज्ञप्ति जारी गर्दै लुटपाटका सामान फिर्ता गर्न अनुरोध गरेको छ।

Advertisement

शुक्रबार एक विज्ञप्ति जारी गरी सिआइबीले त्यस्ता सामान फिर्ता नगरे अनुसन्धान गरी कारबाही गर्ने जानकारी दिएको हो।

Advertisement
Advertisement

लुटिएका सामानलाई नजिकैको सुरक्षा निकायमा फिर्ता गर्न र कसैले त्यस्ता आपराधिक घटना गरेको भए सूचना दिन पनि अनुरोध गरेको छ।

Advertisement

त्यसैगरी लुटपाट गरिएका सामानको किनबेच नगर्न पनि अनुरोध गरेको छ।

सिआइबीले भदौ २३ र २४ गते भएको घटनाको सन्दर्भमा अनुसन्धान गरिरहेको छ।

Untitled-1757683677.jpg