Tuesday, April 21

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठकमा राखेका छन् ।
शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  बैठकमा विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी छन् ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् ।
शनिबार वहानसम्म २७ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । विभिन्न ठाउँमा डुवानको जोखिम पनि उस्तै छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *