Saturday, July 25

तोडफोडका क्रममा चोरी भएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

नेपालअखबार,काठमाडौँ । संघीय संसद् सचिवालयले भदौ २४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामानहरू फिर्ता गर्न एक सार्वजनिक सूचना जारी गरेको छ।

Advertisement

सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको बुझिएको छ।

Advertisement
Advertisement

सचिवालयले कसैले पनि ती सामानहरू आफूसँग राखेको भए तत्काल फिर्ता गर्न अनुरोध गरेको छ। त्यसै गरी, ती सामानहरू कहाँ छन् वा कसले लगेको हो भन्नेबारे जानकारी भएमा सचिवालयलाई सूचना दिन पनि आग्रह गरिएको छ।

Advertisement

यस घटनासम्बन्धी कुनै भिडियो फुटेज भए उपलब्ध गराएर सहयोग गर्न पनि सचिवालयले आह्वान गरेको छ। सूचना वा भिडियो दिने व्यक्तिको पहिचान गोप्य राखिने आश्वासन पनि दिइएको छ।

548014508_672807165280568_993459591668980945_n