Tuesday, October 28

चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते

नेपालअखबार,हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना भएकाे छ ।

Advertisement

दुर्घटनामा परी ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

Advertisement

४ जना घाइते भएकाे र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीकाे टाेली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेकाे उनले बताए ।