Saturday, July 25

नेपाल प्रहरीलका अनुसार ६ वटा राजमार्ग छ अवरूद्ध?

नेपालअखबार, काठमाडाै‌ ।  नेपाल प्रहरीले ६ वटा राजमार्गमा विभिन्न स्थानमा अवरोध रहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार वर्षातपछि पहिरो खस्दा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग अवरूद्ध छ। त्यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ।

Advertisement

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने पुल बगाएपछि अवरूद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग अवरूद्ध छ। यो खण्ड झन्डै दुई महिनादेखि अवरूद्ध छ।

Advertisement
Advertisement

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा बेनी–दरबाङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। जाजरकोटको नलगाड नगरपालिका–११ भीरकुनामामा जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ।

Advertisement

यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुलनजिकै पहिरो खस्दा उक्त राजमार्ग अवरूद्ध छ। त्यहाँ तीनवटा उपकरण प्रयोग गरी यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर पहिरो झरिरहेकाले चुनौतीपूर्ण बनेको छ। तुइन पुलनजिकै शुक्रबार साँझबाट पहिरो खस्न थालेको थियो।

Laxmi bank

551376989_1108319054763950_5259134143222442144_n-1758426041.jpg