Saturday, July 25

जनमतबाट बाहिरिएकाले खोले जनस्वराज पार्टी

नेपालअखबार, काठमाडाै‌ ।जनमत पार्टीबाट निष्कासनमा परेको एवम् बाहिरिएकाहरूले जनस्वराज पार्टी गठन गरेका छन्। जनकपुरमा शुक्रबार र शनिबार भएको भेलाले जनस्वराज पार्टी गठन गरेको दीपककुमार साहले जानकारी दिएका छन्।

Advertisement

‘पुराना दलहरूको असफलता र संकुचित सोच, बेथिति र भ्रष्टाचार, आत्मकेन्द्रित र विभाजनकारी मानसिकताले जनताको चाहना, आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड गर्दै देशलाई गम्भीर संकटमा धकेलेको छ, यस्तो अवस्थामा जनता आफै सशक्त भई आफ्नो भविष्य निर्धारण गर्ने बाटो बनाउनुपर्नेमा हामी दृढ छौं,’ उनले भने।

Advertisement
Advertisement

यही विश्वासका आधारमा, सामूहिक नेतृत्वमा आधारित सम्यक समाजको निर्माण गरिएको उनले बताए।

Advertisement

यस समाजको मातहतमा रही तत्कालीन कार्ययोजना अघि बढाउने उद्देश्यले सञ्जयकुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग, सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग र दीपककुमार साहको संयोजकत्वमा राजनीतिक संगठन विभाग गठन गरिएको उनले बताए।

‘यसै अवसरमा जनस्वराज पार्टीको ऐतिहासिक घोषणा जनकपुरधाम, धनुषाको पवित्र भूमिबाट गरिएको छ। अन्य विभागहरू पनि छिट्टै गठन गरिनेछन्। जनता र आजको जेन–जी पुस्तासहित मुलुकको भाग्य र भविष्यलाई शिरमा राख्दै, सम्यक पथ (सही बाटो) लाई मार्गदर्शक बनाई अघि बढ्छौं,’ उनले भने।

जनताले आफ्नो शासन आफैं गर्ने व्यवस्था, इमानदार, जवाफदेही र साझा नेतृत्वको मार्गदर्शन, सबल संस्था र समान अवसरमा आधारित न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर मधेससँगै राष्ट्रको निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गराउने, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी सहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिने, तराई/मधेससहित नेपालका सबै क्षेत्रमा सम्मान, समान अधिकार, अवसर र विकास सुनिश्चित गर्ने, महिला, युवा, दलित, मुस्लिम, किसान, समलिङ्गी, श्रमिक र विपन्न वर्गलाई सशक्तीकरण गरी राज्यको प्राथमिकतामा राख्दै विशेष अधिकारको ग्यारेन्टी गर्ने।, स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागिता सहितको कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने पार्टीको लक्ष्य रहेको पनि उनले बताए।