
नेपालअखबार, काठमाडौँ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका जगदीश खरेलले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमादेशका प्रमुख सहरमा फ्रि–वाईफाईको व्यवस्था गरिने बताएका छन् ।
देशका प्रमुख सहरहरुमा पाँच महिनाभित्र फ्रि वाईफाई बिस्तार गर्ने निर्णय उनले गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत उक्त निर्णय कार्यान्वयन ल्याइने उनले बताए ।
काठमाडौंमा दुई मिहनाभित्र र सातै प्रदेशका राजधानी र ठूला सहरका सार्वजनिक स्थानमा क्रमैसँग उक्त सुविधाको व्यवस्था गरिने उनले बताए ।

