Monday, July 27

राष्ट्रपतिले जारी गरे मतदाता नामावली ऐन संशोधन अध्यादेश

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

Advertisement

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो अध्यादेश जारी गरेका हुन्।

Advertisement
Advertisement

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपतिबाट मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए।

Advertisement

सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको छ। निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो।

अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेकी थिइन्।

मतदाता नामावली ऐनको दफा ४ मा संसोधन गर्ने गरी सरकारले अध्यादेश ल्याएको थियो।

उक्त दफामा निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गरिन छैन भन्ने व्यवस्था छ। सोही व्यवस्था अध्यादेशबाट परिमार्जन गर्दै ‘प्रतिनिधिसभा कार्यकाल पूरा हुनु अगावै विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले अवधि तोकी मतदाता नामावली संकलन, दर्ता वा अध्यावधिक गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको स्रोतको भनाइ छ।