Saturday, May 2

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका  सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए  नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।

Advertisement

प्रहरीले त्यस्ता हातहतियार बुझाउनका लागि असोज मसान्तसम्मको समय दिएको छ।

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ।

सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।

e4e6da9a-2a93-458b-87fd-2ffe3be5675c-(1)-1758853433.jpeg