Sunday, May 10

हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा, भने-म गर्छु जेनजीको माग पुरा

नेपालअखबार,काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत बताएका छन् ।

Advertisement

उनले भनेका छन्– ‘सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर !’