Saturday, July 25

शिक्षकहरूको तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

नेपालअखबार,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडवाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

Advertisement

शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडवाडमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरिदिएको भन्ने गुनासो आएको बताउँदै आइतबारभित्र तलब निकासा गर्न चेतावनी दिएका हुन्।

Advertisement
Advertisement

उनले मन्त्रालयले शिक्षकहरूको तलब निकासा गरिसकेको पनि बताएका छन्।

Advertisement

‘शिक्षा मन्त्रालय बाट तलब पहिले नै विद्यालयहरुमा पठाइसकिएको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’ उनले लेखेका छन्।