
नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए।
बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए।
एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

