Sunday, August 2

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

नेपालअखबार,काठमाडौँ ।  जेन-जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ।

Advertisement

आइतबार बसेको आयोग बैठकले उनीहरूको विदेश भ्रमणमा रोक लगाउने गरी कारबाही अघि बढाउन सिफारिस गरेको हो।

Advertisement
Advertisement

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको छ।

Advertisement

आयोगले उनीहरूको विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरेको छ।

त्यस्तै, आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।