Sunday, July 26

नजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना :सभापति देउवा

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना भएको बताएका छन्।

Advertisement

सोमबार दसैंको शुभकामना दिँदै उनले भदौ २४ गतेको घटना अकल्पनीय र दु:खद भएको बताएका हुन्।

Advertisement
Advertisement

‘भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटवाट खर्बौंको क्षति भएको छ। नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुखद घटनाको रूपमा रहेको छ,’ उनले लेखेका छन्।

Advertisement

उनले भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनको क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उनले कुनै पनि विशेष परिस्थितिमा राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्ने बताएका छन्।

‘सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकाक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ,’ उनले भने।

भदौ २४ गते देउवा र उनकी श्रीमती तथा पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी आरजू राणामाथि आक्रमण समेत भएको थियो।

556089359_1350630059765488_2211113638398012456_n-1759124135.jpg