Saturday, July 25

आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको भन्दै प्रधानमन्त्रीले दसैंको टीका नलगाउने

नेपालअखबार,काठमाडौँ  । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने भएकी छन् । जेन-जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै टीका नलगाउने उनको स्वकीय सचिवालयले जनाएको छ ।

Advertisement

‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेको’ प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवायलद्वारा जारी विज्ञप्तिमा कार्कीले टीका जमरा नलगाउने पनि उल्लेख छ ।

Advertisement
Advertisement

‘यस वर्ष प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको’ सचिवालयले जनाएको छ ।

Advertisement

यस्तै, प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकार तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताएकी छन् । युवा पुस्ताको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेकी छन् ।

समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा अपिल गरेकी छन्

दसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने उनको कामना छ ।