Friday, July 10

कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध

नेपालअखबार, काठमाडौँ । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ।

Advertisement

संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका कारण बाटो अवरुद्ध भएको छ। यी दुई स्थानमा सडक पूर्ण रूपमा बन्द हुँदा यातायात आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

त्यस्तै, बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा आएको बाढीले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा रसुवागढी नाका हुँदै हुने व्यापारिक तथा यातायात आवागमन रोकिएको छ।

Advertisement