
नेपालअखबार, काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । “हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ,” ती प्रहरी अधिकृतले भने, “अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।”
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


