Tuesday, September 15

मौसम सुधारसँगै आन्तरिक उडान नियमित

नेपालअखबार, काठमाडौं ।  काठमाडौंको मौसममा केही सुधार देखिएसँगै आन्तरिक उडान पुन: सुरू भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

Advertisement

यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।

Advertisement
Advertisement

उनका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ।

Advertisement

खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।