Monday, July 20

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रही कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन्।

Advertisement

भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो। पक्राउ गरेसँगै कारागार पठाउने प्रक्रिय भइरहेको छ।

Advertisement

यसअघि भुटानी प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाएको थियो।