Sunday, July 19

आज काठमाडौंबाट बाहिरिने ‘नाइट बस’ अपराह्न ५ बजेभित्रै नागढुंगा कटिसक्नुपर्ने

नेपालअखबार, काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौंबाट गाडी बाहिरिन थालेका छन्।

Advertisement

पृथ्वी राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो झर्ने जोखिम छन्।

Advertisement
Advertisement

यसबीच सुरक्षा अपनाउनका लागि काठमाडौं ट्राफिक प्रहरी कार्यालयले साँझ ५ बजेभित्रै राजीकालीन बसहरू नागढुंगा कटिसक्न अनुरोध गरेको छ।

Advertisement

‘जोखिम अझै टरिसकेको छैन। त्यसकारण कुनै घटना हुनबाट जोगिनका लागि साँझ ५ बजेभित्रै नागढुंगा कटिसक्न अनुरोध छ,’ कार्यालयका एसपी नरेशराज सुवेदीले भने।

उनका अनुसार कार्यालयले यातायात व्यवसायी र टिकट काउन्टरहरूमा पनि यसबारे जानकारी दिएर अनुरोध गरिएको छ।

‘हामीले सरोकारवाला सबैलाई अनुरोध गरेका छौं। पाँच बजेपछि चाहि कसैले पनि काठमाडौंबाट बाहिरिने गाडी नचलाउने अनुरोध गरेका छौं,’ उनले भने।

काठमाडौंबाट रात्रिकालीन सवारीसाधनहरू दूरी अनुसार निस्किने गर्छ। यस्ता सवारीसाधन बेलुकी ८ बजेसम्म पनि निस्किने गरेका छन्।