Saturday, July 18

बहाब घटेपछि कोशी ब‍राजबाट सुरू भयो सवारी साधन आवतजावत

नेपालअखबार,काठमाडौं । सप्तकोशीको बहाब सोमबार बिहानबाट लगातार घटेपछि कोशी बराजबाट सवारी साधन आवतजावत गर्न सुरू भएको छ।

Advertisement

आइतबार कोशीमा पानीको बहाब उच्च भएर खतराको तह पार गरेपछि यातायात सञ्चालनमा रोक लगाइएको थियो।

Advertisement
Advertisement

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले केहीबेर अघिबाट बराजबाट यातायात खुला गरिएको जानकारी दिए।

Advertisement

‘अहिले पानीको बहाब घटेर साढे ३ लाख क्युसेक हाराहारी भएपछि यातायात खुला गरिएको हो,’ उनले भने, ‘दिनभरको अवस्था हेरेर राति के गर्ने भन्ने तय हुनेछ।’

कोशी बराज कार्यालयका अनुसार आइतबार साँझ ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको जलसतह सोमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेकमा झरेको थियो। साढे नौ बजे बहाब साढे ३ लाख हाराहारीमा झरेको छ।

तर, अहिले पनि  बराजका सबै ५६ ढोका खुला रहेका छन्। पानीको बहाब घटे पनि नदी किनारका बस्तीमा जोखिम कायम रहेको अधिकारीहरूको भनाइ छ।

बाढीको जोखिम नघटेकाले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।