
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार यो बैठकपछि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछन् ।
सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्ने उनले बताएका छन् । यसअघि भदौ अन्तिम साता पार्टी कमिटीका बैठकहरू तय भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएका थिए ।
गत सचिवालय बैठकले पार्टी एकताका लागि बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो । आगामी बैठकमा पार्टी एकताबारे थप छलफल हुने नेताहरूले बताएका छन् ।