Saturday, July 25

डेरामा बस्नेले परिचय खुल्ने कागजात घरधनीलाई देखाउनुपर्ने

नेपालअखबार,काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ।

Advertisement

मेयर प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्ति सुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ।

Advertisement

यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

टोखाभित्र साबिकदेखि स्थापना भएका प्रहरी कार्यालयलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, नगरपालिकाभित्र हाल चालु नरहेका सडकबत्ती, सिसी क्यामेरालगायत सुरक्षासम्बन्धी उपकरणलाई मर्मतसम्भार गरी चाँडो सञ्चालनमा ल्याइने पनि बैठकको निर्णय छ।