Monday, May 4

डा .निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट

नेपालअखबार, काठमाडौँ । आफूलाई अभियन्ता र देशको प्रधानमन्त्रीकै दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका डा निकोलश भुसालको स्वास्थ्य जाँच हुँदा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको छ ।

बिहीबार राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य जाँच गर्दा लागु औषध गाँजा सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

Advertisement

उनले लागू औषध सेवन गरेको पुष्टि भएसँगै सुधार गृहमा राख्ने सर्तमा दाइको जिम्मा रिहा गरिएको भट्टराईले बताए ।

आजै माइतीघरबाट पक्राउ परेका उनीसहित सबै ४४ जनालाई रिहा गरिएको छ ।