Saturday, July 18

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिसँग आज छलफल गर्ने

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

Advertisement

शनिबार बिहान १० बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तय भएको स्रोतले जानकारी दिएको छ।

Advertisement
Advertisement

जेनजीका एक प्रतिनिधिले पनि छलफलका लागि राष्ट्रपति कार्यालय बोलाइएको जानकारी दिए।

Advertisement

उनका अनुसार सुदन गुरूङ लगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू छलफलमा सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलले शुक्रबार सरकार र दलहरूसँग छलफल गरेका थिए।

छलफलमा आगामी फागुनमा हुने तय भएको चुनावमा लाग्न आग्रह गरेका थिए।

निर्वाचन घोषणा भइसक्दा पनि सरकारले दलहरूसँग संवाद नगरेपछि प्रधानमन्त्रीकै आग्रहमा राष्ट्रपति पौडेलले सरकार र दलहरूबीच संयुक्त रूपमा छलफल गरेका थिए।