Saturday, July 18

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Advertisement

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो।

Advertisement
Advertisement

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’

Advertisement

सामान्य बान्ता भएपछि उनलाई शनिबार बिहान साढे ११ बजे अस्पताल लगिएको थियो।

अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ र चिकित्सकहरूको टोली निरन्तर स्वास्थ्य निगरानीमा छ।