Saturday, July 18

झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद

नेपालअखबार, झापा । झापाको कमल गाउँपालिका-७, रङ्गपुरस्थित केराबारीबाट प्रहरीले एसएलआर राइफलका ५५ राउण्ड गोली बरामद गरेको छ।

Advertisement

स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गए राति आफ्नो केराबारीमा सेतो बोराभित्र गोली फेला पारेको बारे प्रहरीलाई जानकारी गराएका थिए।

Advertisement
Advertisement

पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा ती गोलीहरू बरामद गरेको जिल्ला प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ।

Advertisement