Sunday, July 19

सुनसरीका प्रहरी प्रमुखकै ह्वाट्सएप ह्याक

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले प्रयोग गर्ने ह्वाट्सएप खाता ह्याक भएको छ। ह्याकरहरूले उक्त खाताको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र अनावश्यक सन्देशहरू पठाएको पाइएको छ।

Advertisement

सुनसरी प्रहरी कार्यालयका अनुसार २०८२ असोज २४ गते राति ८ बजेर ४५ मिनेट जाँदा कार्यालय प्रमुखले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप खाता ह्याक भएको हो।

Advertisement
Advertisement

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले ह्याक भएको ह्वाट्सएपबाट आएका कुनै पनि सन्देशमा विश्वास नगर्न र कसैले पैसा मागेमा नदिन विशेष अनुरोध गरेका छन्। प्रहरीले ह्याक भएको खाताको दुरुपयोगबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Advertisement