Saturday, August 1

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्।

Advertisement

धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए।

Advertisement
Advertisement

‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ,’ उनले भने।

Advertisement

एमालेसँग एकताको सम्भावना रहेको पनि उनले बताए।

‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’ उनले भने।