Saturday, July 25

चैतमा फुल्ने पलम यसपालि असोजमै फुल्यो

नेपालअखबार, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ।

Advertisement

स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो।

Advertisement
Advertisement

विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए।

Advertisement

‘विगतमा फागुन/चैतमा फूल फुल्थ्यो। यसवर्ष भने असोजमै फुल्न थालेको छ,’ उनले भने।

यहाँ प्रायःसबै घरमा पलमका बोट छन्। तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो।

गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो।

वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन्।

‘तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ। हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ,’ उनले भने।