Saturday, April 18

तस्बिरमा हेर्नुहोस् युद्धविराम पछि गाजा पट्टीको अवस्था

नेपालअखबार, रफाह । हमास र इजरायल बीचको युद्धविराम पछि, गाजाका मानिसहरू आफ्नो घर फर्किरहेका छन् र चाहिने सरसामानहरू जम्मा गर्न हतारिइरहेका छन् । सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन् ।

सहायता एजेन्सीहरूले यस्ता ट्रकको संख्या बढाउन अनुरोध गरेका छन् । शान्ति सम्झौता पछि, हमासले दुई वर्ष अघि इजरायलबाट बन्धक बनाएर ल्याइएका २० जना जीवित बन्धकहरू इजरायललाई सुम्पिसकेको छ ।

Advertisement

मृत बन्धकहरूको सबै शव फिर्ता भइसकेको छैन । इजरायलले हमासलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको अवशेष फिर्ता गर्न ढिलाइ गरिरहेको बताएको छ ।

1

यद्यपि, वार्तामा संलग्न कूटनीतिक स्रोतहरूका अनुसार, हमासले बन्धकहरूको शव फिर्ता गर्न अवरोध गर्ने इजरायलको आरोपलाई अस्वीकार गरेको छ । बुधबार हमासले चार बन्धकहरूको शव फिर्ता ग‍रेको थियो । जसमध्ये एक शव बन्धकको नभएको इजरायलले भनेको छ । अवशेषहरूमध्ये एउटा इजरायली बन्धक शेरी बिबासको नभएर एक प्यालेस्टिनी महिला भएको उसको भनाइ थियो ।

2

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमासले सम्झौता लागू भएको ७२ घण्टा भित्र सबै बन्धकहरूलाई हस्तान्तरण गर्नु पर्नेछ । हमासले गाजा पट्टीमा बन्धकहरूको शव निकाल्न कठिनाइहरूको सामना गरिरहेको इजिप्टियन र प्यालेस्टिनी स्रोतहरूले बीबीसीलाई बताएका छन् ।

3

इजरायलले पठाएको ४५ प्यालेस्टिनीहरूको शव पहिचान भइरहेको खबर आएको छ । इजिप्ट–गाजा सीमामा रहेको रफाह क्रसिङ बुधबार पनि खुलेको छैन । यसलाई खोल्ने काम भइरहेको बताइएको छ ।

56