Sunday, May 10

दल विभाजन रोक्न माग गर्दै सर्वोच्च पुगे सिके राउत

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत दल विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिट बिहीबार दर्ता भएको छ ।

दर्ता भएको रिटको पहिलो पेसी शुक्रबार तोकिएको छ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

Advertisement

राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ।

उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।