Tuesday, July 28

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार,काठमाडौँ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

Advertisement
Advertisement

बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्।

Advertisement

त्यस्तै ग्रेड वृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा३ हजार ५४० जना उत्तीर्ण भएका छन्।

यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ।

त्यस्तै ठूलो अक्षरमा नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ। त्यसका लागि ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस गर्न सकिन्छ।

साथै १६०० र  *१६०१# डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ।

neb-result-1760666116.jpg