Tuesday, April 21

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको  छ ।
आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५ सय ८९ जना घर फर्किएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *