Saturday, July 25

पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ ।

Advertisement
Advertisement

पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको प्रशासकीय अधिकृत सिर्जना रेग्मीले बताइन् ।

Advertisement

‘पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभरि सडकमा यातायात सञ्चालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेका हो,’ उनले भनिन् ।सो अवधिभर यातायात सञ्चालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले पनि आग्रह गरेको छ ।