नेपाल अखबार, काठमाडौं । आइतबार उद्दार उडानका लागि गरिएका विभिन्न चार्टर्ड उडानबाट करीव १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन् । आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।
हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । हिमालय एयरलाइन्सले नै फिलिपिन्सको मनिलाबाट १ सय ८ जनालाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले नै क्वालालाम्पुरबाट १ सय ५६ जनालाई नेपाल अवतरण गराएको तथ्यांक छ । फ्लाइ दुबईले १ सय ६० जनालाई काठमाडौं फर्काएको छ ।

