Thursday, August 20

जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’

नेपालअखबार,जमैका। क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ। अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन्।

Advertisement

आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ। यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ।

Advertisement
Advertisement

१७५ माइल प्रतिघण्टा (२८२ किलोमिटर प्रतिघण्टा) सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो। यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने अनुमान छ।

Advertisement

अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो। सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न थालेयता जमैकालाई प्रभावित पार्ने सबभन्दा शक्तिशाली आँधी बन्नेछ।

विशेषज्ञहरूले मेलिसाको सुस्त गतिका कारण केही क्षेत्रहरूमा लामो समयसम्म अत्यधिक वर्षा हुन सक्ने र यसले भयंकर बाढी तथा पहिरोको जोखिम बढाउने चेतावनी दिएका छन्।
बीबीसी