
नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फरसोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको सरकार प्रवक्ता समेत रहेका जगदीश खरेलले बताए।
त्यसैगरी, सरकारले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरेको छ।
अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरिएको छ।
मन्त्री खरेलले सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो निर्णय गर्नु परेको स्पष्ट पारे।
सरकारले नेपालर मोरिसस सरकारबीच भएको दोहोरो करमुक्ति सम्झौता पनि अन्त्य गरेको छ।


