
नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै सकभर आज यात्रा नगर्न आग्रह गरेको हो ।
‘मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ मलेखु खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि लगातार स–सानो पहिरो गइरहेको र त्यस्तो पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको छ,जारी सूचनामा भनिएको छ, ‘वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोले उक्त सडक खण्ड भएर यात्रा गर्नुहुने यात्रु महानुभावहरूले अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगर्नुहुन अनुरोध छ ।’



