Friday, July 3

यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु, कम्तीमा पाँच बेपत्ता

नेपालअखबार, दोलखा । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ।

Advertisement

डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह सोमबार हिमपहिरोमा परेको हो। उक्त क्षेत्रमा सोमबार बिहान १०ः३० तिर हिमपहिरो गएको र कम्तीमा पाँच जना बेपत्ता भएको खबर आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।

Advertisement
Advertisement

‘यलुङ रि क्षेत्रमा हिमपहिरो आएको र हालसम्म तीन जनाको मृत्युको पुष्टि भएको छ। कम्तीमा पाँच जना बेपत्ता छन्। उक्त समूहमा केही विदेशी रहेको बुझिएको छ। थप विवरण संकलन गर्दैछौं,’ उनले भने।

Advertisement