Sunday, July 5

झलनाथ खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। खनाल मंगलबार राति अध्यक्ष ओलीसँग छलफल गर्न भक्तपुरस्थित गुण्डुमा पुगेका छन्।

Advertisement

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्री लगायतका नेताहरु असन्तुष्ट बनेका छन्। एकीकृत समाजवादीभित्र विवाद चुलिँदै गएपछि उनीहरु विभिन्न चरणमा आ-आफ्ना समूह छलफलमा जुटेका हुन्।

Advertisement
Advertisement
यता तीन दिन अघि नै दुई नेताबीच भेटघाट तय भएपनि अध्यक्ष ओलीको व्यस्तताका समय सारिएको थियो ।

Advertisement