Saturday, April 18

एकताअघि नै भूसाल र झाँक्री सहित ६ नेता कारबाहीमा परेका थिए

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको खुलेको छ ।

घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको हो ।