
नेपालअखबार,काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी भएको छ ।
पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब १/२ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न आग्रह समेत गरिएको छ ।


