
नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप गरिएको अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ।
अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो ।
यस बर्ष हजमा जान चाहने इच्छुक नेपाली मुस्लिम समुदायको लागि सबै परिस्थितिमाथि विचार गर्दै पुनः मंसिर ५ गते सम्म समय थप गरिएको छ। समयमा नै आवेदन गरि प्राप्त कोटा संख्या १२०० भित्र आफ्नो सीट सुरक्षित गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।
सूचना हेर्नुस्


