Wednesday, August 19

व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान- डराउने होइन, आत्मविश्वास बोकेर अघि बढौं

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गरेकी छिन् ।

Advertisement

शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गरेकी हुन् ।

Advertisement
Advertisement

‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,’ उनले भनेकी छिन्, ‘तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो ।’

Advertisement

विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएको पनि उनले बताइन् । ‘जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं,’ उनले भनेकी छिन् ।सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेका जानकारी गराउँदै उनले थप भनेकी छिन्, ‘निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीँ नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत छौं । निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।’