Sunday, April 19

भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी निरन्जन कुमार खरेल पक्राउ

नेपालअखबार,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ घर भका ४२ वर्षीय निरन्जन कुमार खरेल उर्फ निराजन छन् ।

Advertisement

उनलाई शुक्रवार पक्राउ गरेर आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले बताए ।

शरणार्थी प्रकरणको मुद्दा यसअघि नै अदालतमा दर्ता भैसकेको छ । आरोपीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पटाउँछौँ भनेर पीडितहरुबाट करोडौं रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।