
नेपालअखबार,सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराको फिटाकाटेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतक रोल्पाका भएको जानकारी प्राप्त भए पनि उनको पहिचान भने खुल्न सकेको छैन।
स्थानीयका अनुसार उक्त व्यक्ति भिरबाट लडेको अनुमान गरिएको छ। करिब दुई-तीन दिनअघि नै उनी भिरबाट लडेको हुन सक्ने स्थानीयको भनाइ छ। मृतक खोटो सङ्कलन कार्यका लागि सल्यान आएका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाको पुष्टि गर्दै मृतकको पहिचान नखुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

