Wednesday, July 15

थपिए २ लाख ९ हजार मतदाता

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्।

Advertisement

जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए।

Advertisement
Advertisement

नयाँ मतदाता दर्ता सुरू भएयता १ लाख २२ हजार ७४० पुरूष,  ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन्। नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ।

Advertisement